कोरोनाबाट आज थप ४ सय ३४ जना संक्रमित

हेटौडा न्युज
११ असार २०७७, बिहीबार १६:४३
;

काठमाडौं । नेपालमा आज थप ४ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा थपिएको संख्या संगै नेपालमा ११ हजार १ सय ६२ जनामा संक्रमण देखिएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्गमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका हुन् । आज थपिएका संक्रमितहरुमा ४८ जना महिला र ३ सय ८६ पुरुष रहेका छन् ।

हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ हजार ६ सय ५० रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*