मानिसमा कोरोनाविरूद्धको खोप परीक्षण गर्दै बेलायत
लण्डन । बेलायतले पहिलो पटक मानिसमाथि कोरोना विरुद्धको खोप परीक्षण गर्ने तयारी शुरू गरेको छ । बेलायतको लण्डनस्थित इम्पेरियल कलेजमा रहेका ३ सय जनामा खोपको परीक्षण गर्ने भएको छ ।
बेलायतले यस अघि सो खोपको परीक्षण जनावरमा गरेको थियो । जनावरमा गरिएको परीक्षण सफल भएपछि मानिसमा प्रयोग गर्न लागिएको बिबिसीले जनाएको छ । खोपले मानिसको शरीरमा कोरोना संक्रमणको विरुद्धमा प्रतिरोध क्षमता बढाउने बताईएको छ ।
पछिल्लो समय विश्वका १ सय २० स्थानहरुमा कोरोनाविरूद्धको खोप बनाउन बैज्ञानिकहरु लागि रहेका छन् भने, १३ स्थानमा बनाईएका खोप तथा औषधिहरु प्रयोग गर्ने अन्तिम चरणमा पुगेको जनाईएको छ ।
बिबिसी