लागूऔषध गाँजासहित वडाध्यक्ष पक्राउ

हेटौडा न्युज
१२ असार २०७७, शुक्रबार १२:१३
;

बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर–६ का निर्वाचित वडाध्यक्ष सूर्यबहादुर घर्तीलाई ८६ किलो लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

वडाध्यक्ष घर्तीले घरमा लुकाएर राखेको लागूऔषध गाँजासहित आज बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीले जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको प्रहरी टोलीले वडाध्यक्ष घर्तीलाई पक्राउ गरी सो परिमाणको गाँजा बरामद गरेको थियो ।
पक्राऊ परेका उपर आवश्यक अनुसन्धान भईरहेको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*