नेपाल भित्रियो सलह

हेटौडा न्युज
१३ असार २०७७, शनिबार १५:१२
;

मकवानपुर । भारतमा केहि समय अघि देखिएको सलह किरा भारत हुँदै नेपाल भित्रिएको छ । आज शनिबार तराईका सर्लाही, बारा र पर्सा लगायतका जिल्लामा सलह किरा भेटिएको हो ।

फट्यांग्रा जस्तै देखिने सहलले एकसाथ ठूलो संख्यामा बसेर बालीनाली सहित बोट नै नष्ट गर्ने गर्दछ । यसले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्छ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने विज्ञहरु बताउँछन् ।

नेपालमा आज भन्दा करिब १ सय वर्ष अघि सलह किराले बालीनाली नष्ट गरी अनिकाल निम्ताएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*