सलहले बकैया र गढी गाउँपालिकाका कृषक मारमा

हेटौडा न्युज
१५ असार २०७७, सोमबार १०:००
;

मकवानपुर । पुर्वी मकवानपुरको विभिन्न ठाउँमा सलह किरा देखापरे पछि कृषकहरु मारमा परेका छन् । भारत हुँदै नेपाल प्रवेश गरेको सलह किराको जोखिमका कारण पुर्वी मकवानपुरको दुई गाउँपलिकाका कृषकहरु प्रभावित भएका हुन् ।

सलह किराको कारण मकवानपुरको मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकाका सयौँ कृषकहरु प्रभावित भएका छन् ।

कृषि ज्ञान केन्द्र हेटौँडाले मकवानपुरगढी गाउँपालिका–७ र बकैया गाउँपालिकाको धिँयालमा ठूलो संख्यामा सलह किरा देखिएको जनाएको छ ।

सलह किरा देखापरेका क्षेत्रका किसानहरु अहिले चिन्तित बनेका छन् । अनिकाल निम्त्याउने सलह किसानको खेतबारीमा फैलिएकाले किसानहरु प्रैभावित बनेका छन् ।

सलहको पहिचान तथा नियन्त्रणका लागि कृषि ज्ञान केन्द्र हेटौंडाबाट विषादीसहितको प्राविधिक टोली आज विहानैदेखि प्रभावित क्षेत्रमा परिचालन गरिएको जनाईएको छ ।

सलहका कारण मकवानपुरका अन्य गाउँपालिकाका कृषकहरु पनि प्रभावित हुनसक्ने कृषि ज्ञान केन्द्र हेटौंडाको भनाई छ । सम्बन्धित कृषकहरुलाई सलहको पहिचान गरी नियन्त्रणमा ल्याउने प्रयासको लागि सम्बन्धित कृषि केन्द्रहरुबाट समन्वय गरिरहेको पनि कृषि ज्ञान केन्द्र हेटौंडाले जनाएको छ ।

सलह किराले कृषकहरुले लगाएको मौसमी तरकारी, फलफुल, मकैबाली, धानको बिउ तथा बिरुवाहरुलाई पनि प्रभाबित गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*