थाहा नगरपालिकामा एक व्यक्तिमा कोरोना संक्रमण

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ । नगरपालिकाले निर्माण गरिरहेको शितभण्डारमा कार्यरत एक जना भारतीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा ती व्यक्तिमा कोरोना संक्रमण देखिएको कोरोना आइसोलेसन वार्ड हेटौँडाका इन्चार्ज भोलाप्रसाद चौँलागाईले बताए ।
उनलाई अहिले हेटौंडाको कर्राश्रमिक माविमा रहेको आइसोलेशन वार्ड ल्याइएको छ ।