महिलालाई नाङै एक्सरे गर्ने स्वास्थ्यकर्मी पक्राऊ

दाङ । अस्पतालमा उपचार गराउन आएकी एक महिलालाई शरीरका सबै कपडा खोल्न लगाएर नांगै एक्सरे गरेको आरोपमा रेडियो ग्राफिक्स (स्वास्थ्यकर्मी) पक्राउ परेका छन् ।
दाङ, घोराहीको गोरखा हस्पिटलमा छातीको एक्सरे गर्न पुगेकी घोराही वडा नम्बर–१८ की एक महिलालाई नांगै बनाएर एक्सरे गरेको आरोपमा सोही अस्पतालका रेडियो ग्राफिक्सम नवराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, दाङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए अनुसार महिलाका पतिले अनावश्यक रुपमा गलत मनसायले स्वास्थ्यकर्मीले आफ्नी श्रीमतीलाई छातीको एक्सरे गर्दा छातीको भागका कपडाका साथै कम्मर मुनी समेत सबै कपडा खोल्न लगाएर एक्सरे गरेको उजुरी दिएकाले अनुसन्धानका लागि पक्राऊ गरिएको बताएका छन् । एक्सरे गर्ने रेडियो ग्राफिक्स डाँगीमाथि छानबिन भइरहेको दाङ प्रहरीले जनाएको छ ।