मोटरसाइकलको ठक्करले साइकल यात्रीको मृत्यु

हेटौडा न्युज
१६ असार २०७७, मंगलवार १२:१०
;

बुटवल – रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर–९ मा मोटरसाइकलको ठक्करबाट साईकल यात्रुको मृत्यु भएको हो ।

मोटरसाईकलको ठक्करबाट घाइते भएका स्थानीय ६५ वर्षिय दिलमान राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु १७ प ३१७५ नम्बरको मोटरसाईकलले साईकलमा यात्रा गरिरहेका राईलाई ठक्कर दिएको थियो ।

घाइते राईको क्रिमसन अस्पताल उपचारकै क्रममा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ भने, मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*