कोरोना रिपोर्ट जनकपुरमा पोजेटिभ, हेटौंडामा नेगेटिभ

रौतहट । रौतहटका पाँच जना व्यक्तिको कोरोना रिपोर्ट पोजेटिभ आएको भोलि पल्टै नेगेटिभ आएको छ । जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले कोरोना पोजेटिभ देखाएको रिपोर्ट भोलिपल्ट हेटौंडाको ल्याबले नेगेटिभ देखाएको हो ।
जिल्लाको स्वास्थ्यका कार्यालयमा कार्यरत ५ जना कर्मचारीमा सोमबार कोरोना संक्रमण पुष्टि भयो ।
प्रदेश नम्बर २ को प्रादेशिक ल्याव जनकपुरमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना सक्रमण पुष्टि भएको थियो । तर ती कर्मचारीहरुले ल्यावको रिर्पोटमाथि शंका लागेर स्वास्थ्य कार्यालयको पहलमा पुनः स्वाव संकलन गरेर बागमती प्रदेशको राजधानी हेटौडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्यावमा सोमबारै पठाइयो तर हेटौंडामा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण नभएको पाइयो ।
सो कार्यालयमा कार्यरत एकजना कर्मचारीको छोरामा कोरोना संक्रमण पुष्टिभएपछि उनको परिवार सहित सो कार्यालयका सम्पूर्ण कर्मचारीको स्वाव संकलन गरेर प्रदेश नम्बर २ को प्रादेशिक ल्याव जनकपुरमा पठाइएको ५ दिनपछि रिर्पोट आउँदा ५ जना कर्मचारीमा संक्रमण पुष्टि भएको जनाइएको छ ।
यो समाचार रौतहटका संचारकर्मी अनमोल कार्कीको सहयोगमा तयार पारिएको हो ।