लायन्स तथा लियो क्लबको रक्तदान कार्यक्रम सम्पन्न

हेटौडा न्युज
१७ असार २०७७, बुधबार १६:३४
;

मकवानपुर । लायन्स तथा लियो क्लब अफ हेटौंडा मुक्तिनाथ र लियो हेटौंडा मुक्तिनाथ मल्टिभिजनको संयुक्त आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सामाजिक सेवामा निरन्तर लागि परेको लायन्स तथा लियो क्लबले आज बुधबार हेटौंडाको रक्त संचार केन्द्रमा संयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका हुन् ।

लायन तेज प्रसाद उप्रेती (रमेश)को सभाध्यक्षता तथा लायनस क्लब इन्टर नेशनल ३२५ बि २ नेपालका डिष्ट्रिक डेप्युटि सेक्रेटरी लायन कृष्णराम न्यौपानेको प्रमुख आतिथ्यतामा भएको रत्तदान कार्यक्रममा ४५ जनाले रत्तदान गरेको कार्यक्रमका संयोजक लायन लिला थापा मगरले बताए ।

हल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण जिल्लामा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रमका विशिष्ट अतिथि जोन चेयर पर्शन लायन विकेश लाल श्रेष्ठले बताए ।

लायन्स तथा लियो क्लबहरुको वार्षिक कार्यक्रम तथा कार्यकाल हरेक वर्ष जुलाई १ बाट सुरु हुने भएकोले लायन्स क्लब अफ़ हेटौंडा मुक्तिनाथको २०२०/२१ कार्यकालको सुरु भएकै दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको सभाध्यक्ष उप्रेतीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*