छात्रालाई हेटौंडा उपमहानगरको सेनेटरी प्याड

हेटौडा न्युज
१८ असार २०७७, बिहीबार १८:३७
;

मकवानपुर । सामुदायिक विद्यालयका छात्राहरुलाई हेटौंडा उपमहानगरपालिकाले सेनेटरी प्याड वितरण गरिएको छ । उपमहानगरले नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई प्याड वितरण गरिएको हो ।

बिहिबार उपमेयर मिना कुमारी लामाले सामुदायिक विद्यालयका प्रधानध्यापकहरु मार्फत छात्रहरुलाई प्याड वितरण गरेकी हुन् ।

उपमेगर लामाले पहिलो चरणमा हेटौंडाका १५ वटा विद्यालयलाई प्याड हस्तान्तरण गरिएको जानकारी दिइन् ।

छात्राहरु रजस्वला भएको समयमा विद्यालय नआउने र आएपनि बिचमै पढाइ छोडेर जानुपर्ने अवस्थालाई मध्येनजर गर्दै उपमहानगरले प्याड वितरण गरिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*