स्कूलको क्वारेन्टाईनमा बसेका एक युवकको मृत्यु

बाग्लुङ्ग । ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाईनमा रहेका एक युवकको मृत्यु भएको छ । निसीखोला गाउँपालिका वडा–२ का २९ वर्षीय सुनिल विश्वकर्माको क्वारेन्टाईनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
भारतबाट आएर ढोरपाटनको सो क्वारेन्टाईनमा बसेका उनको आज आइतबार बिहान मृत्यु भएको बाग्लुङ्ग प्रहरी कार्यालयका डिएसपी राजेन्द्र रेग्मीले जानकारी दिएका छन् । मृतक विश्वकर्मा मिर्गौलासम्बन्धी रोगबाट पनि पीडित रहेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिएका छन् ।