मकवानपुरमा ५० हजारबढी बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदै

हेटौडा न्युज
२२ असार २०७७, सोमबार १५:१६
;

मकवानपुर । आजबाट देशभर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । मकवानपुरमा पनि ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लाको १० स्थानीय तहका ५० हजार २ सय बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा रहेका ५ सय ५० वटा खोप केन्द्रमा महिला स्वमसेविकाहरु परिचालन गरि कार्यक्रमलाई निरन्तरता दिएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताए ।

उनका अनुसार, भिटामिन ‘ए’ र जुकाको औषधीहरु खुवाउने कार्यक्रम भोलि असार २३ गते मंगलबार साँझसम्म संचालन हुनेछ ।

कार्यलयले कार्यक्रमको प्रभवकारी कार्यान्वयनका लागि तत्कालै अनुगमन गर्न पनि सम्बन्धित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको जनाएको छ ।

गत वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम कोरोना भाइरसको कारण गत चैत २१ गते स्थगित गरिएको थियो ।

सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*