मास्क बिना बाहिर हिड्नेलाई पक्राउ गर्न गृहको निर्देशन

हेटौडा न्युज
२२ असार २०७७, सोमबार १६:००
;

काठमाडौं । प्रहरीले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्ने भएको छ । गृहले प्रधान कार्यालयलाई दिएको निर्देशन अनुसार अब प्रहरीले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्ने छ ।

मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने जनाइएको छ ।

कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको सरकारको भनाइ छ । जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताएको छ ।

लकडाउनका कडाइ नहुँदा कोरोना महामारी नियन्त्रणमा समस्या हुन सक्ने भएकाले यस्तो निर्देशन दिएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*