मकवानपुरका ५ जनामा कोरोना पुष्टि

मकवानपुर । आज थपिएका १ सय ८० जना कोरोना संक्रमित मध्ये ५ जना मकवानपुरका रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मकवानपुरको पाँचजनामा कोरोना भाईरस संक्रमण रहेको प्रवक्ता डा. जागेश्वर गौतमले बताएका हुन् ।
पाटन अस्पताल ललितपुरमा गरिएको स्वाब परीक्षणमा ५ जना मकवानपुरका रहेको बताईएको छ ।
संक्रमित व्यक्तिहरुको ठेगाना भने खुल्न सकेको छैन ।