धारिलो हतियार प्रहारबाट मकवानपुरका एक व्यक्ति घाइते

हेटौडा न्युज
२३ असार २०७७, मंगलवार १६:०९
;

मकवानपुर । धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मकवानपुरका एक पुरुषलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले काभ्रे खोपासी घर भएका ३५ वर्षीय सानु तामाङलाई पक्राउ गरेको हो ।

तामाङलाई काठमाडौं महानगरपालिका–२१ जैसिदेवलबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ । तामाङले धारिलो हतियार प्रहार गरी सोही ठाउँ बस्ने मकवानपुरका ३२ वर्षीय पुरुषलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।

सामान्य विवाद हुँदा तामाङले घाइते पुरुषलाई धारिलो हतियार प्रहार गरेका थिए । घाइते पुरुषको भने नाम खुलेको छैन ।

घाइते व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*