नेपालमा आज थप २ सय ५५ जनामा कोरोना, संक्रमित १६ हजार ४ सय २३

मकवानपुर । नेपालमा आज थप २ सय ५५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको प्रेस ब्रिफिङमा सो जानकारी दिईएको हो ।
आज थपिएकामा काठमाडौंमा १६ र ललितपुरमा ७ गरी २३ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार आजसम्म नेपालमा संक्रमितको संख्या १६ हजार ४ जना २३ जना पुगेको छ ।