लायन्स भुटनदेवी बजारको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

हेटौडा न्युज
२७ असार २०७७, शनिबार २०:४२
;

मकवानपुर । लायन्स क्लब अफ हेटौंडा भुटनदेवी बजारको पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रम आयोजना गरि लायन्स वर्ष २०२०/२१ का लागि निर्वाचित क्लबका सम्पुर्ण पदाधिकारीहरुको पदभार हस्तान्तरण गरिएको हो ।

क्लबकी निवर्तमान अध्यक्ष लायन रजनी तिवारीले क्लबको नवनिर्वाचित अध्यक्ष लायन प्रमिला सिग्देललाई क्लबको सम्पुर्ण जिम्मेवारी हस्तान्तरण गरेकि हुन् ।

लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालका गभर्नर एमजेएफ लायन शम्भु नकर्मीको प्रमुख आतिथ्यता तथा लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालकि क्याबिनेट सेक्रेटरी लायन तासी डोल्मा तुम्वाहाङ्फे, क्याबिनेट कोषाध्यक्ष लायन शिव बिडारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

क्लबले मकवानपुरका विभिन्न क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । कार्यक्रममा क्लबकी निवर्तमान अध्यक्ष तिवारीले आफ्नो कार्यकालमा भएका कार्यक्रमको समिक्षा समेत गरिएको थियो ।

क्लबले लायन्स वर्ष २०१९/२० मा तिवारीको नेतृत्वमा भिमफेदी कारागारमा लायन्स पुस्तकालय खोल्ने, मकवानपुरका विभिन्न स्थानमा आखा शिविर, स्वास्थ्य शिविर लगाएतका कार्यक्रम गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*