थप १ सय १६ जनामा कोरोना पुष्टि, ३४ जना डिस्चार्ज

मकवानपुर । नेपालमा थप १ सय १६ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ३४ जना डिस्चार्ज भएका छन् ।
प्रवक्ता गौतमले क्वारेन्टाइनमा बस्नेको संख्या २४ हजार ७१६ र आइसोलेसनमा ६ हजार ६ सय ९५ जना उपचाररत रहेको बताएका छन् ।