विदेशी औषधि आयातको विरुद्ध नेपालका उत्पादक आन्दोलनमा

हेटौडा न्युज
३१ असार २०७७, बुधबार १३:५५
;

काठमाडौं । कोरोना भाईरसका बीच अत्यावश्यक मेडिकल सामाग्रीहरु मास्क, सेनिटाइजरको आयात रोक्न माग गर्दै औषधि उत्पादक संघ (एपोन) आन्दोलित भएका छन् ।

अत्यावश्यक मेडिकल सामग्रीहरु नेपालमै उत्पादन हुँदाहुँदै सरकारले विदेशी उत्पादनलाई प्राथमिकता दिएर स्वदेशी उत्पादन र उद्योगको उपेक्षा गरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।

विदेशी आयातलाई तत्काल रोकी स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकता दिन संघले सरकारसँग माग गरेको छ ।

विदेशी उत्पादनको आयात र प्रयोगको विरुद्धमा केही दिनदेखि राजधानीमा चरणवद्ध आन्दोलनमा उत्रिएका व्यवसायीहरुले ५ बुँदे माग राख्दै आज पनि आन्दोलन जारी राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*