जबरजस्तीकरणीको आरोपमा दुई जना पक्राउ

हेटौडा न्युज
३१ असार २०७७, बुधबार १४:३४
;

बैतडी । बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । बुवाले आफ्नै छोरी र छोराले आफ्नै आमालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हु्न् ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ की ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुवा पक्राउ परेका छन् । मंगलबार जबरजस्ती गर्न खोज्दा भागेकी छोरीलाई सोधपुछ गर्दा पटकपटक बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए ।

उनले बालिकाको शरीरमा पनि निलडाम भएको पाइएको र बेलाबेलामा कराउने र भागेर छिमेकीको शरणमा आउने गरेकाले बुवाले पटकपटक बलात्कार गरेको खुल्न आएको हो।

यस्तै जिल्लाको पुर्चौडी नगरपालिका १० मा आफ्नै आमालाई जबरजस्तीकरणी गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ३२ वर्षीय छोराले ६१ वर्षीय आमालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबरजस्तीकरणी गरी नुवान नामक विषादी सेवन गरेको अवस्थामा ती युवक फेला परेको र छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*