पोशाकमै टिकटक बनाएरसामाजिक सञ्जालमा पोस्ट गर्ने प्रहरीलाई कारबाही

हेटौडा न्युज
३१ असार २०७७, बुधबार १४:५९
;

विराटनगर । पोशाकमै टिकटक बनाउने दुई प्रहरीमाथि कारबाही सुरु गरिएको छ । टिकटक बनाएर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको खुलेपछि दुई प्रहरीमाथि कारबाही सुरु गरिएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत प्रहरी हवल्दार रेनुका सोनाम र जवान अशोक राई अनुसन्धानको दायरामा तानिएका हुन्।

डीएसपी राईले प्रहरी प्रधान कार्यालयले जारी गरेको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका विपरित कार्य गरेकाले दुवै जनामाथि छानबिन थालिएको जानकारी दिए ।

निर्देशिकाअनुसार प्रहरीमा कार्यरत रहेकाले पोशाक लगाएर व्यक्तिगत रुपमा कुनै पनि गतिविधि गर्दै सामाजिक सञ्जालमा पोस्ट गर्न नमिल्ने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*