कोरोनाबाट थप एक जनाको मृत्यु

हेटौडा न्युज
३१ असार २०७७, बुधबार १६:५४
;

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका ३६ वर्षीय युवा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

उनी केही समयअघि आफ्ना दाइको मृत्यु भएपछि अन्तिम संस्कारका लागि भारत गएका थिए । भारतबाट फर्कीएका उननी क्वारेन्टिनमा बसेका थिए।

केही दिनअघि उनी रुघा र श्वासप्रश्वासमा समस्या आएपछि वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना भएका थिए ।

अस्पताल भर्ना भएलगत्तै कोरोना परीक्षण गरिएकोमा आज पोजेटिभ रिपोर्ट आएको थियो ।
उनको आज दिउँसो साढे २ बजे उपचारका क्रममा निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*