बोर्डिङ स्कुलले भोलिदेखि अनलाइन कक्षा बन्द गर्ने

निजी विद्यालयहरुले भोलिदेखि अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेको गरेको छ । प्याब्सन र एनप्याब्सनको बुधबार बसेको बैठकले सरकारले आफूहरुका माग पूरा नगरेको भन्दै अनलाइन कक्षा सञ्चालन नगर्ने निर्णय गरेका हुन् ।
उनीहरुले शिक्षक र कर्मचारीलाई समेत बेतलबी बिदामा राख्ने निर्णय गरेका छन् ।
सरकारले लकडाउन घोषणा गरेसँगै निजी विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्दै आएका थिए ।