विप्लव कार्यकर्ता बनेर चन्दा माग्ने दुई युवा पक्राउ

हेटौडा न्युज
३१ असार २०७७, बुधबार १७:२३
;

नेत्रविक्रम चन्द विप्लव समूहको कार्यकर्ता बनेर चन्दा माग्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने धम्की दिँदै आठ लाख ६५ हजार रुपैयाँ चन्दा माग्‍ने बबई गाउँपालिका ५, सिमगैराका २८ वर्षीय भाष्कर वली र १९ वर्षीय केवल वलीलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख (डीएसपी) शिवबहादुर सिंहका अनुसार उनीहरुले बबई गाउँपलिका ५, हापुरे बजारका २६ वर्षीय ललित गौतमको परिवारबाट चन्दा रकम माग गर्दै नदिए ज्यान लिने धम्की दिँदै आएका थिए ।

पक्राउ परेकाविरुद्ध दाङ देउखुरी जिल्ला अदालतबाट मंगलबार १० दिने म्याद थप गरी थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*