मेयरका छोरा ५ लाख घुससहित अख्तियारको फन्दामा

सिरहा । कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलका छोरा र अर्को १ जना ५ लाख रुपैया घुस रकमसहित पक्राऊ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास, महोत्तरीको टोलीले मेयरका छोरा सन्त मण्डल र उनीसँगै रकम लिन गएका जितेन्द्र महतोलाई नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले आज दुबैजनालाई सिरहाको लहान नगरपालिका–२२ राजदेवी चौकबाट पक्राउ गरिएको अख्तियारको बर्दिबास कार्यालयले जनाएको छ ।
कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले नगरमा डिपिआर गरेको भुक्तानी दिदा ५ लाख रुपैया कमिसन मागेको र सो रकम आफ्नो छोरालाई लिन पठाएका थिए । पक्राऊ परेका उपर आवश्यक अनुसन्धान भईरहेको जनाईएको छ ।