सिन्धुपाल्चोकमा पहिरो: दुई घर पुरिए, एकै परिवारका पाँचजना बेपत्ता

हेटौडा न्युज
१ श्रावण २०७७, बिहीबार ०७:४७
;

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले दुई घर पुरिएका छन् । पहिरोमा परेर एकै परिवारका ५ जना बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन् ।

उद्धारका लागि प्रहरीको टोली र स्थानीय बासिन्दा खटिएका पनि गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिएका छन् ।

पहिरोले फुल्पिङकट्टीको पञ्चकन्या स्कुलमा पनि क्षति गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*