एक लाख घुस रकमसहित नगरपालिकाका इञ्जिनियर पक्राउ
एक लाख रुपैयाँ घुस रकमसहित बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जिनियर पक्राउ परेका छन्।
ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको अवस्थामा मिलन अधिकारी पक्राउ गरिएको हो ।
पोखरास्थित अख्यितार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रंगेहात पक्राउ गरेको हो ।










