खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा दुई बालिकाको मृत्यु

खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । महोत्तरी जिल्लाको भंगहा नगरपालिका–६ स्थित मजरा टोल निवासी रमदुला अन्सारीकी ७ वर्षीया छोरी जयनब खातुन र नइम अन्सारीकी ५ वर्षीया छोरी सहनाज खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश सिवाकोटीका अनुसार खाल्डोमा जमेको वर्षाको पानीमा नुहाउने क्रममा दुबै बालिकाको मृत्यु भएको हो । घटना विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।