भारतमा एकैदिन ३२ हजारबढी कोरोना संक्रमित थपिए
भारतमा एकैदिन ३२ हजार ६ सय ९५ जना कोरोना संक्रमित थपिएका छन् ।
यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या नौ लाख ६८ हजार ८ सय ७६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको कारण ६ सय ६ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २४ हजार ९१५ पुगेको छ ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका ६ लाख १२ हजार ८१५ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।










