घरभित्र पसेको चितुवा मृत अवस्थामा फेला

हेटौडा न्युज
१ श्रावण २०७७, बिहीबार १५:२८
;

अछाममा घरभित्र पसेको चितुवा मृत अवस्थामा फेला परेको छ ।  साँफेवगर नगरपालिका वडा नम्बर-५ नवाठानास्थित कैलाश कुँवरको घरमा बिहीबार बिहान ५ बजेतिर कुकुरलाई लखेट्दै चितुवा घरभित्र पसेको थियो । घरभित्र पसेको ७ घण्टापछि चितुवा मृत फेला परेको हो ।

चितुवाको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, वन कार्यालयका कर्मचारी लगायतको टोलीले खटिएको जनाइएको छ ।

मृत चितुवाको मुचुल्का तयार पारेर पोष्टमार्टमका लागि जिल्ला पशु तथा भेटेनरी कार्यालय लगिने जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*