महिलाको कपाल काटेर गाउँ डुलाउने चार जना पक्राउ

हेटौडा न्युज
१ श्रावण २०७७, बिहीबार १६:३४
;

पर्सा । एक महिलाको कपाल काटी गाउँ घुमाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

छिपहरमाई गाउँपालिका(३ जयमंगलापुर बस्ने अन्दाजी २४ वर्षीया महिलाको कपाल काटेर गाउँ डुलाउने चार जनालाई प्रहरीले बुधबार प्रकाउ गरेको हो ।

ती महिलाको खराब चरित्र भएको भन्दै उनकै देवर तथा छिमेकीहरू मिलेर अमानवीय व्यवहार गरेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी मनोजित कुँवरले जानकारी दिएका छन् ।

उनीहरूविरूद्ध प्रहरीले अपमानजनक वा अमानवीय व्यवहारको मुद्दा चलाउने तयारी गरेको जनाईएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*