तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

हेटौडा न्युज
१ श्रावण २०७७, बिहीबार १६:४१
;

काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहीबार दिउँसो बा ३५ प ६४३० र बा ६० प १७ ८८ का बाइक ठक्कर खाँदा दुईजना गम्भीर घाइते भएका हुन् ।

घाइतेलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वारका डीएसपी दक्षकुमार केसीले बताएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेको परिचय खुलिसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*