पहिरोमा परी तीन जनाको मृत्यु

हेटौडा न्युज
२ श्रावण २०७७, शुक्रबार ०९:४९
;

कास्की । कास्कीमा गएको  पहिरोमा  तीन जनाको मृत्यु भएको छ । माछापुछ्रे गाउँपालिका वडा नम्बर ८ खोराकोमुका प्रेमराज विकको घरमा पहिरो खस्दा ३ जनाले तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार पहिरोले प्रेमराजको माइलो छोराको छोरा १६ वर्षीय नाती कुशल विक, १६ वर्षकी नातिनी रोजिना विक र १४ वर्षीय नाती समिर विककको मृत्यु भएको हो ।

पहिरो गएको कतिबेला हो भन्ने नै एकिन नभएको प्रहरीले जनाएको छ । अर्को कोठामा सुतेका प्रेमराजको दम्पती भने सकुशल नै रहेको जनाएको छ । पहिरोमा पुरिएका तीनै जनाको शव निकालिएको विकले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*