घुस रकमसहित लेखा अधिकृत पोखरेल पक्राउ

हेटौडा न्युज
२ श्रावण २०७७, शुक्रबार १०:४१
;

६५ हजार घुस रकमसहित इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले लेखा अधिकृत विकास पोखरेललाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

विद्यालयको परीक्षा योजनाको खर्च हिसाब मिलान गर्न पोखरेलले सेवाग्राहीसँग ६५ हजार घुस मागेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

घुस लिनका लागि होटल पसेका पोखरेललाई घुस लिएर निस्कन खोज्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*