कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

हेटौडा न्युज
२ श्रावण २०७७, शुक्रबार १०:३६
;

कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७२ वर्षीय वृद्धको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असार ३० अस्पतालमा भर्ना गरिएको थियो ।

मधुमेह, उच्च रक्तचाप र मुटु रोगबाट पीडित ती वृद्धाको बुधबार अस्पतालमै स्वाब संकलन गरि परिक्षण गर्दा बिहीबार बिहान आएको रिर्पामा उनमा कोरोना पोजिटिभ देखिएको थियो ।

उनको बिहीबार राति उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*