मोटरसाईकल दुर्घटना हुँदा २६ वर्षीय युवकको मृत्यु
मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । धादिङबेसीबाट पाल्पाभन्ज्याङ जानेक्रममा बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाईकल चालक नीलकण्ठ नगरपालिका वडा नम्बर९९ पाल्पा भज्याङका २६ बर्षीय राम हरी लम्सालको मृत्यु भएको हो ।
प्रदेश नम्बर ३,००८(०२(प(२४४१ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खोल्सा खस्दा लम्सालको मृत्य्ु भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाईते भएका लम्सालको काठमाडौँको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।










