२२ जनाबाट सात करोड २१लाख बढी ठगी गर्ने जिन्दल पक्राउ

हेटौडा न्युज
२ श्रावण २०७७, शुक्रबार १३:३२
;

सात करोड २१ लाखभन्दा बढी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चार जिल्लाका २२ जनाबाट सो परिमाणको रकम ठगी गर्ने झापा दमक नगरपालिका ७ कृष्‍णमन्दिर बस्ने २९ वर्षीय चन्दन जिन्दललाई प्रहरीले पक्राउ गरेको हो ।

झापा, बारा, पर्सा र सर्लाही बस्ने विभिन्न व्यक्तिहरूलाई विभिन्न बहाना बनाइ ठगेर फरार भएका उनलाई महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले मध्यपुर ठिमी नगरपालिका(३ गठ्ठाघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

आफूलाई मनिष अग्रवाल भनेर चिनाउने जिन्दालले चार जिल्लाका २२ जनालाई ठगिसकेको छ ।

उनीहरूबाट ठगी तथा बैंकिङ कारोबारमार्फत् सात करोड ८१ लाख ४२ हजार रुपैयाँ ठगी गरेको महाशाखाले जनाएको छ।

त्यस्तै, उनीविरूद्ध अन्य कैयौँ व्यक्ति तथा उद्योगीहरूबाट उजुरी आउने क्रम रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*