गाउँपालिकाका अध्यक्षमाथि खुकुरी प्रहार गर्ने ठकुरी पक्राउ

हेटौडा न्युज
२ श्रावण २०७७, शुक्रबार १३:५०
;

मोरङको केराबारी गाउँपालिका अध्यक्ष रोहित कार्कीमाथि खुकुरी प्रहार भएको छ । पटके करको विषयलाई लिएर विवाद हुँदा उनीमाथि शुक्रबार खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएका कार्कीलाई उपचारका लागि नोबेल शिक्षण अस्तपाल विराटनगर ल्याइँदैछ ।

आर्थिक बर्ष २०७६/७७ असार मसान्त सम्म गाउँपालिकाको पटके करको ठेक्का लिएका ठकुरीले साउन १ देखि गाउँपालिका आफैले कर उठाउन थालेपछि कार्की माथि आक्रमण गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

खुकुरी प्रहार गर्ने भवन ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*