हेटौंडाका थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ पुग्यो

हेटौडा न्युज
२ श्रावण २०७७, शुक्रबार १५:३८
;

मकवानपुर । हेटौंडाका थप एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा हेटौडा ०६ का २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै हेटौंडा उपमहानगरपालिकामा कोरोना सकं्रमितको संख्या ९ पुगेको छ ।

हेटौंडा–४ स्थित आइसोलेशन वार्डबाट बिहिबार १३ जनाको स्वाब संकलन गरी पठाइएकोमा एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाइले जानकारी दिए । अर्का एक जनाको स्वाब पुन परिक्षण गर्नुपर्ने उनले बताए ।

उनी  साउदी अरबबाट नेपाल फर्किएका थिए ।

चौलागाईका अनुसार कोरोना संक्रमण पुष्टि भएका युवकको स्वास्थ्य अवस्था सामान्या रहेको छ । संक्रमण पुस्टि भए संगै उनलाई अहिले नै यस आईसोलेसन वार्डमा ल्याइदैछ ।

यस्तै,  हालसम्म मकवानपुर जिल्लामा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*