२५ लाख उठाउन अपहरण, ७ जना पक्राउ

हेटौडा न्युज
२ श्रावण २०७७, शुक्रबार १६:११
;

प्रहरीले अपहरण गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । त्यस्तै, अपहरण भनिएका धनुषा घर भई टोखा बस्दै आएका रामबाबु साहलाई समेत उद्धार गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले शुक्रवार भक्तपुरको मध्यपुर थिमिबाट सात जनालाई पक्राउ गरेको हो ।

बिहान प्रहरीको १०० नम्बरमा एक युवकलले फोन गरेर आफ्ना बुबालाई अपहरण गरेर लगेको जानकारी दिएका थिए ।
जानकारी दिएको तीन घण्टा नबित्तै एउटा घरमा राखिएको अवस्थामा साहलाई फेला पारेको हो ।

पक्राउ परेका उनीहरुले अपहरण नभएर लेनदेनको विषय भएकाले ल्याएको प्रहरीमा मौखिक जानकारी दिएका थिए ।

यो लेनदेनको विषयमा भएको देखिएको छ । थप अनुसन्धान भइरहेको महाशाखाका एसपी इश्वर कार्कीले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*