बस दुर्घटना हुँदा ७ जना घाईते, ४ जनाको अवस्था गम्भिर

हेटौडा न्युज
३ श्रावण २०७७, शनिबार ११:३०
;

देलखा । दोलखाको पवटीमा बस दुर्घटना हुँदा ७ जना घाईते भएका छन् ।
जिल्लाको मेलुङ गाउँपालिका १ पवटीस्थित सिम्टेबाट चरिकोटका लागि छुटेको अरनिको यातायातको बा ५ ख ६५९० नम्बरको बस पवटीको चुच्चेढुंगा नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा घाईते भएकामध्ये १ जना महिलाको हात चेपिएको र अन्य ४ जनाको अवस्था गम्भिर रहेको जिल्ला पूहरी कार्यालय दोलखाले जनाएको छ ।
दोलखाका प्रहरी प्रवक्ता रेशम बोहोराले दुर्घटनाको थप कारणबारे अनुसन्धान भइरहेको जनाएका छन् ।

गम्भीर घाइते भएकाहरुको थप उपचारका लागि सदरमुकाम चरीकोट ल्याईदै गरेको प्रहरीले जनाएको छ ।

सामान्य घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*