सुनसरीमा सुरक्षाकर्मी र तस्कर समूहबीच झडप

हेटौडा न्युज
३ श्रावण २०७७, शनिबार १२:५०
;

सुनसरी । सुनसरीमा सुरक्षाकर्मी र तस्कर समूहबीच झडप हुँदा एक प्रहरीसहित दुई जना घाइते भएका छन् ।

गएराति हरिनगर गाउँपालिकाको वडा नम्बर ७ घुस्कीमा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरी जवान जीवराज बिसुन्खेको टाउकोमा चोट लागेको छ ।

त्यस्तै पेटमा गोली लागेर हरिनगरका २० वर्षीय सहजद जट अन्सारी घाइते भएको प्रहरीले जनाएको छ ।

भारतबाट आएका समूहले काममा खटिएका सशस्त्र प्रहरीले बोकेको हतियार खोस्ने क्रममा लोड गरिएको बन्दुक पड्किएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*