करेन्ट लागेर १७ वर्षीय किशोरको मृत्यु

हेटौडा न्युज
३ श्रावण २०७७, शनिबार १३:१०
;

कैलालीमा करेन्ट लागेर १७ वर्षीय किशोरको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का १७ वर्षीय रवीन्द्र बमको करेन्ट लागेर मत्यु भएको हो।

उनी गोदावरी नगरपालिका वडा नम्बर ५ मा निर्माणाधीन गेटा मेडिकल कलेजमा मजदुरी गर्ने उनको शुक्रबार साँझ मृत्युृ भएको कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

निर्माण स्थलमै करेन्ट लागेर घाइते भएका उनको मृत्यु भएको जानकारी उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*