नेपाली युवकको कपाल मुण्डन गरेको आरोपमा चार जना पक्राउ

वाराणसीमा नेपाली युवकको कपाल मुण्डन गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । छ । नेपाली युवकको कपाल मुण्डन गरि ‘जय श्रीराम’ लेख्ने र नारा लगाएको अरोपमा प्रहरीले अहिलेसम्म चार जनालाई पक्राउ गरेको हो ।
यो घटनामा भेलूपुर चौकीमा पाँचजना विरुद्ध उजुरी दर्ता भएको छ । वाराणसीका प्रहरी अधिकृत अमित पाठकले यो घटनामा प्रहरीले तत्काल कारवाही थालेको बताए । भिडियो बनाउनेसहित चारजना पक्राउ परेको उनले जानकारी दिएका छन् ।
अरुण पाठक नाम गरेको व्यक्तिले सो भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको जानकारी आएको र उनलाई पनि चाँडै पक्राउ गरिने उनले बताएका छन् ।