डडेल्धुरामा देखियो सलह

डडेल्धुरामा सलह किरा देखिएको छ । जिल्लाको अजयमेरु गाउँपालिका १ को मुद्रडा र परशुराम नगरपालिका ७ सादनीमा सलह किरा देखिएको हो ।
डडेल्धुरामा भित्री मधेसमा सलह किरा यसै वर्ष दोस्रोपटक देखिएको हो । खेतीबालीका लागि निकै हानिकारक र खतरनाक मानिएको सलह कीरा ठूलो संख्यामा देखिएको स्थानीयले बताएका छन् ।
ठूलो संख्यामा रहेको सलह भगाउन सारै गाह्रो स्थानीयको भनाई छ ।
यसअघि परशुराम नगरपालिका–४, कटालमा सो किरा देखिएको थियो । सलह किरा आएको खबर पाएको र ठूलो आवाज गरेर भगाउने सल्लाह दिएको परशुराम नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायक कालुसिंह बोहराले बताए ।
ती सलह किरा भारतबाट आएको अनुमान गरिएको छ । आफूहरूले शनिबार बिहानदेखि नै सबै गाउँले मिली भगाउने प्रयास गरिरहेको उनले जानकारी दिए ।