६९ वर्षीय पराजुली मृत अवस्थामा फेला

स्याङ्जामा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । फेदीखोला गाउँपालिका वडा १, कटुञ्जेस्वाँराका ६९ वर्षीय गोविन्दप्रसाद पराजुली मृत अवस्थामा फेला परेका हुन् ।
शनिबार बिहान आफ्नै घरमा भैँसीलाई पानी खुवाउन प्रयोग हुने प्लाष्टिकको ड्रमभित्र मृत अवस्थामा फेला परेका हुन् ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्ताल स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।