विप्लवका जिल्ला इन्चार्ज पक्राउ

हेटौडा न्युज
४ श्रावण २०७७, आईतवार १०:४१
;

दाङ । नेत्र चन्द विक्रम (विप्लव) समूहका रोल्पा जिल्ला इन्चार्ज पक्राउ परेका छन् । जिल्ला इन्चार्ज बिजुली भनिने ४२ बर्षीय कमल थापा शुक्रबार पक्राउ परेको हो ।

थापालाई दिउँसो सुनिलस्मृति गाउँपालिका वडा नं.६ गजुलस्थित घरवाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी शंकर खड्काले जानकारी दिए ।

प्रहरी निरीक्षक खड्काका अनुसार थापामाथि विभिन्न व्यापारीलाई फोन गरि चन्दाका लागि धम्किदिने, टेलिफोन टावरमाथि वम विस्फोट गराएका जस्ता अभियोग छ ।

थापा विप्लव समुहको राप्ती ब्यूरो सदस्य समेत रहेको अनुसन्धानवाट खुलेको प्रहरीले कजनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*