कोरोना संक्रमणबाट एक सातामा १६ जना नेपालीको मृत्यु

हेटौडा न्युज
४ श्रावण २०७७, आईतवार ११:००
;

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट विदेशमा एक सातामा १६ जना नेपालीको मृत्यु भएको छ । यस सँगै शनिबार साँझसम्म विदेशमा १ सय ६० जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, युएईमा ५ जना र कुवेतमा ३ जनाको निधन भएको हो।

कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरण शर्माका अनुसार यो सातामा भारत, साउदी, युएई र कुवेतमा ९ सय ५० जना थप नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको छ।

मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्ने दर न्यून हुँदै गइरहेको छ ।
विदेशमा कोरोना सक्रमित भएका ३० हजार ५ सय ७१ जनामध्ये २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*