भारतमा एकैदिन ३८ हजार ९ सय २ कोरोना संक्रमित थपिए
भारतमा एकैदिन ३८ हजार ९ सय २ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख ७७ हजार ६ सय १८ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ५ सय ४३ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ हजार ८ सय १६ पुगेको छ ।
भारतमा अहिलेसम्म ६ लाख ७७ हजार ४२३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।










